भूकम्पपीडितलाई ४० लाख भन्दा बढिको राहत वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७२, शुक्रबार १०:००

rahatकाठमाडौं,१ जेठ । विनासकारी भूकम्पले पीडित बनेका काभ्रे र सिन्धुपाल्चेकका पीडितलाई नेपाल–चीन वाणिज्य मैत्री संघ दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्र, डिआरएन ओभरसिज प्रा.लि.र नेपाल क्युएनयू फर्निचर कम्पनि लि. राहत प्रदान गरेको छ । नेपाल–चीन वाणिज्य मैत्री संघ, दोलालघाटले पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्र, डिआरएन ओभरसिज प्रा.लि.र नेपाल क्युएनयू फर्निचर कम्पनि लि। को संयुक्त प्रयासमा वैशाख १६ गतेदेखि २९ गतेसम्म काभ्रेपाल्चोक र सिन्धुपाल्चोक जिल्लाका भूकम्प पीडित २ हजार ४ सय ७४ घरधुरीलाई ४० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको हो । मैत्री संघले सबै संस्थाको सहयेगमा काभ्रेका ५२१ घरधुरी तथा सिन्धुपाल्चेकका १३० घरधुरीलाई चामल, दाल, नुन, त्रिपाल, लगायतका सामग्री प्रदान गरेके नेपाल चीन वणिज्य संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१