विल क्लिन्टनको विर्य लागेको लेविस्कीको कोटको मूल्य साढे छ करोड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७२, शुक्रबार ०९:३४
levanskiएजेन्सी । लेविंस्की गेट काण्डमा चचिर्त मोनिका लेविस्कीकलाई लस वेगास स्थित इराँटिक संग्रहालयले विर्यको दाग भएको उनको विशेष निलो कपडाको कोटकालागि ६.३८ करोड रुपयाको अफर गरेको छ ।यो कपडा लेविस्कीले अमेरीकी पूर्व राष्ट्रिपति बिल क्लिंटनसंग सम्बन्ध भएको बेलामा प्रयोग गरेकी थिइन् । ४१ वर्षिय लेंविस्कीलाई यो संग्रहलयले पहिले पनि करीब १ करोड ६० लाख रुपयाको अफर दिएको थियो ।लस भेगासको ईन्डस्ट्रीयल रोडमा अवस्थीत यो संग्रहालयले मोनिकाको यो पहिरनलाई सत्ता र राजनीतिमा जोडिएका मानिसहरुको निजी जीवन बारे जानकारी दिने विभागमा राख्न चाहाएको छ ।न्यूयोर्क डेलीको समाचार अनुसार लस भेगासको इराटिक हेरीटेज नामक यो संग्रहालयका निर्देशकले एक पत्र मार्फत मोनिका लेविस्कीलाई यस्तो प्रस्ताव दिएका हुन् । स्रोतका अनुसार लेविस्कीले भने हाल सम्म यो पत्रको जवाफ दिएकी छैनन् ।
अमेरीकि पूर्व राष्ट्रिपति बिल क्लिटनसंग उनको प्रेम चल्दा मोनिका लेविंस्की २२ वर्षकी थिइन् । त्यस बखत उनी ह्वाइट हाउसमा कार्यरत थिइन् । १९९८ मा उनी र क्लिटनकाबीच यौन संम्बन्ध भएको खबर आएको थियो । त्यस बेला लेविंस्कीले १९९५ देखी १९९७ बीचमा आफु र क्लिटन बीच ९ पटक यौन संम्बन्ध भएको खुलासा गरेकी थिइन् ।सुरुवातमा क्लिटनले यो संम्बन्ध अस्वीकार गरेका थिए । त्यस बेला लेविंस्कीले उनीहरु बीच ओरल सेक्स मात्र भएको बताएकी थिइन् । सोही बेला उनको निलो पहिरनको चर्चा पनि भएको थियो जसमा क्लिटनको विर्यको दाग लागेको थियो । निलो पहिरनलाई लेविस्कीले सुरक्षित राखेकी थिइन् ।जुलाई १९९८ मा लेविंस्कीले परीक्षणको लागि आफनो निलो ड्रस दिएकी थिइन् । तीन अगस्टमा परीक्षण कर्ताले बिल क्लिटनको रगत परीक्षणका लागि लिएका थिए ।
त्यसको १४ दिन पश्चात आएको रिर्पोट अनुसार लेविस्कीको निलो कपडामा भेटिएको विर्यको दाग क्लिटनको नै भएको पुष्टि भएको थियो । त्यस पछि क्लिटनले र्कोट र टिभीमा लेविंस्कीसंगको अनुचित सम्बन्धको स्वीकार गरेका थिए । तर क्लिटनले उनीहरु बिच अनुचित सम्बन्ध केवल एक पटक मात्र भएको बताएका थिए।पछिल्लो वर्षको मे महिना टीभिलाई दिएको एक अन्र्तरवार्तामा लेविंस्कीले आफु क्लिटनसंगको सम्बन्धबाट छुटकारा पाएर अघि बढन चाहेको बताएकी थिइन् ।लेविंस्कीले टोपी र निलो कपडा नष्ट गर्ने बेला आएको बतताउकी थिइन् । उनले आफु र राष्ट्रिपति क्लिटन बीच भएको सम्बन्धमा आफुलाई पछुतो भएको बताएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१