जेसिजद्धारा पाँच करोड बरावरको राहत वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७२, बिहीबार १५:३९

काठमाण्डौ, ३१ वैशाख । नेपाल जेसिजले भुकम्पपिडितहरुका लागि अहिले सम्म झण्डै पाँच करोड बरावरको राहत सामग्रीहरु वितरण गरेको छ । देशभरका अधिकाँश शाखाहरुबाट संकलीत राहत सामग्रीहरु भुकम्पबाट अति प्रभावित सवै जिल्लाहरुमा वितरण गरिएको नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष धनन्जय श्रेष्ठले जानकारी दिनुभयो । उहाले भुकम्प पिडितहरुलाई खाने, बस्ने र दैनिक उपभोग्य विभिन्न सामाग्रीहरु प्रदान गरिएको बताउनु भयो । जेसिजले टेन्ट, कम्वल, जग, वाल्टीन, चामल, चाउचाउ, चिउरा, नुन, सावुन, मन्जन, विभिन्न कपडा लगाएतका सामग्रीहरु हरेक जिल्लाका केही केही ठाउहरुमा वितरण गरिएको छ । जेसिजले राहत सामग्रीहरु वितरण गर्न पुगेको अधिकाँश ठाउमा जेसिज नै पहिलो भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

jciउहाले जेसिजका शाखाहरुले संकलन गरेका राहत सामग्रीहरु अधिकाँश ठाउमा उनिहरु आफै पुगेको पनि जानकारी दिनुभयो । सिन्धुपाल्चोकको कालिका गाविस वडा नं. २ र ३ का एक सय ७३ परिवारलाई राहत वितरण गर्न आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफुहरुलाई कसैले दिएको नभई आफुहरुले नै व्यक्तिगत रुपमा संकलन गरेको सामग्रीहरु वितरण गरिएको बताउनु भयो । उहाले जीवनभरी कसैसंग केही नमागी आफ्नै मेहनेतले कमाएर जिविका चलाईरहेकाहरुलाई पनि हात थाप्नु पर्ने अवस्था आएको भन्दै दिगो पुर्नस्थापना तर्फ ध्यान दिन आग्रह गर्नु भयो । दलित, मगर र माझी समुदायको बस्ती भएकाले आफुहरुले कालिका गाविसको बडा नं. २ र ३ को उखुवारी र सल्लेलाई रोजेको जेसिजका महासचिव जगत पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१