काठमाडौं, ३१ वैशाख । बिनासकारी भूकम्पले धनजनको ठूलो क्षति पुर्याएपछि गुरु पुरोहितले देशमा शान्तिको कामना गर्दै सामुहिक प्राथना गरेका छन् । बिहीबार पशुपतिमा जम्मा भएर उनीहरुले भूकम्पबाट दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदनासँगै थप विपत्ति नआओस् भन्दै सामुहिक प्राथना गरेका हुन् ।
सामुहिक प्राथनामा ५४ जना गुरु सहित वटुक, साधुसन्त र अरु सर्वसाधारणको उपस्थिति रहेको नेपाल विद्वत सभाका प्रवक्ता डा। वासुदेव कृष्णशास्त्रीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार अबदेखि हरेक बिहान ९ बजदेखि ११ बजेसम्म पशुपतिमा जम्मा भएर सामुहिक प्राथना गरिनेछ । यस्तै देशभरीका अरु मन्दिरमा पनि यस्तै सामुहिक प्रार्थना गरिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया