लाङटाङबस्तीनै खाली,ल्याइयो धुन्चे र काठमाडौं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७२, बिहीबार १४:३१

रसुवा, ३१ बैशाख। रसुवाको लाङटाङ गाउं विकास समितिमा भूकम्पको धक्काको कारण गएको हिम पहिरोले बस्न नसक्ने भएपछि अहिले पूरै बस्ती खाली गराइएको छ । पूरै गाविसका बासिन्दालाई हेलिकप्टर मार्फत उद्धार गरी धुन्चे र काठमाडौं ल्याइएको हो । बैशाख १२ गतेको भूकम्पले लाङटाङ हिमालबाट ग्लेसियर खसेपछि सुन्दर गाउंको अस्तित्व नै मेटिएको छ ।

lantangबर्षको १५ हजारभन्दा बढी स्वदेशी र विदेशी पर्यटक आउने उक्त बस्तीमा हिम पहिरो पछि मिश्रित हिउंका डल्ला, हिउंमा पुरिएका मानव कंकाल र दबदबे हिलो मात्र छ । लाङटाङ हिमश्रृंखलाबाट अहिले पनि हिम पहरो आउने क्रम रोकिएको छैन । लाङटाङ गाविस नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य समेत हो ।
भूकम्पपछि गएको हिम पहिरोमा पुरिएर लाङटाङमा मात्र १ सय २८ जनाको मृत्यु भएको छ भने अझै १ सय ८६ जना बेपत्ता छन् ।
रसुवाभरमा भने ५ सय ६४ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धुन्चेले जनाएको छ ।
बैशाख १ गतेदेखि १२ गतेसम्म रसुवा प्रवेश गरेका ९ सय १२ जना बिदेशीहरुमध्ये ३ सय ५२ जनाको उद्धार गरिएको छ भने अझै ३ सय ५२ जना सम्पर्कमा आएका छैनन् । हिम पहिरोको कारण यहांसम्म पुग्ने बाटोहरु समेत ध्वस्त भएका छन् । लाङटाङ गाविस सदरमुकाम धुन्चेबाट सांढे २ दिनको पैदल दूरीमा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१