काठमाडौं,३१ बैशाख । सभासद अभिषेकप्रताप साहले भुकम्प पीडितलाई एक बर्षको पारिश्रमिक प्रदान गर्ने घोषणा गर्नुभएको छ । बैशाख १२ गतेको महाभुकम्प र त्यसपछिको पराकम्पनले ठुलो जनधनको क्षती पुर्याएको भन्दै सभासद साहले बिज्ञप्ति मार्फत संविधानसभाबाट प्राप्त गर्ने एक बर्षको सेवा सुविधा पुर्ण रुपमा भुकम्प पीडितलाई प्रदान गर्ने बताउनुभएको हो । आफु उद्धार र राहतका लागि विभिन्न जिल्लामा पुगेको बताउँदै उहाँले विपतको बेलामा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग र भाईचारा प्रस्तुत गर्न आग्रह समेत गर्नुभएको छ ।
मधेशी जनअधिकार फोरमका केन्द्रिय सदस्य समेत रहनुभएका साहले आफ्नो पारिश्रमिक पीडितका लागि खर्चने जानकारी संसद सचिवालयलाई गराउनुभएको छ । उहाँले गोरखाका १५ गाविसमा अझै राहत पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ । साह कपिलवस्तु ५ बाट संविधानसभामा निर्वाचित सभासद् हुनुहुन्छ ।
प्रतिक्रिया