क्रिकेट अस्ट्रेलियाले ब्याट्स म्यान फिलिप ह्युजको निधनको विषयमा छानबिन गर्ने भएको छ । क्रिकेट अस्ट्रेलियाले ब्याट्सम्यान ह्युजको निधनका विषयमा छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्ने निर्णय गरेको हो । टेस्ट खेलाडी ह्युजको सन् २०१४ नोभेम्बर २५ मा निधन भएको थियो । उनी त्यसको दुई दिन अघि घरेलु प्रतियोगिताको क्रममा टाउकोमा बलले लागेर घाइते भएका थिए । क्रिकेट अस्ट्रेलियाले ह्यजुलाई बलले लागेको घटनाको जिम्मवेरी लिने जनाएको छ ।
आफूले गर्ने भनेको छानबिन कसैप्रति आरोप लगाउन भन्दा पनि यस्तै किसिमका घटनाहरु फेरि हुन नदिनका लागि अपनाउन सकिने सवाधानीको खोजीमा केन्द्रित हुने क्रिकेट अस्ट्रेलिया जनाएको छ । क्रिकेट अस्ट्रेलियाका कार्यकारी प्रमुख जेम्स सदरल्याण्डले भने ‘यो घटना दुखद घटना हो, यस्ता घटना फेरि हुन नदिन हामी सचेत हुनुपर्छ । त्यसैले छानबिन गर्ने निर्णय गरिएको हो ।’ उनले थपे ‘यो कसैलाई आरोप लगाउन भन्दा पनि यस्ता किसिमका दुखद खटना भविष्यमा नहुन् भनेर गर्न लागिएको हो र यो ह्युजको परिवारको सहयोगमा मात्रै सम्भव छ ।’
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया