काठमाडौं,३१ बैशाख । भूकम्पीय इतिहासअनुसार नेपालमा हरेक ७० देखि एक सय वर्षमा एक महाभूकम्प र हरेक ५० वर्षमा मध्यमखालको भूकम्प जाने गरेको पाइन्छ। असअघि नेपालमा विसं १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९० र २०४५,२०७२ सालमा ठूला भूकम्प गएको इतिहास छ।
२ माघ १९९०मा संखुवासभा जिल्लाको चैनपुर केन्द्र भएर गएको भूकम्प आठ दशमलव चार रेक्टर स्केलको थियो। हालसम्म सबैभन्दा विनाशकारी भनेर २ माघ १९९० सालको महाभूकम्पलाई लिइन्छ। आठ दशमलव चार रेक्टर स्केल क्षमताको सो भूकम्पमा परी नेपालमा मात्र तीन हजार आठ सय ५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी जम्मा आठ हजार पाँच सय १९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ।
भदौ ५, २०४५को बिहान पौने पाच बजे ६.६ रेक्टर स्केलको भुइचालो गएको थियो. पूर्वी र मध्ये नेपालमा धेरै क्षति भएको थियो. उदयपुर जिल्लामा केन्द्र भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट सात सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजार घर भत्केका थिए।
२०७१ बैशाख १२ गते गोरखाको बारपाकलाइ केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भुकम्प उत्तिकै विनासकारी सावित भयो । यो भुकम्पपछी धेरै दिनसम्म सानासाना पराकम्प गए।
प्रतिक्रिया