सरकार अल्मलिएको स्वीकार्दै प्रधानमन्त्री कोइरालाले भने -‘यो राजनीति गर्ने समय होइन्’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७२, बिहीबार १२:५५

दोखला, ३१ वैशाख । बैशाख १२ र २९ गतेको भूकम्पले पुर्‍याएको क्षतिको अवलोकनका लागि विपक्षी नेता पुष्पकमल दाहालसँगै दोखला पुगेका प्रधानमन्त्री सुशील कोइरालाले सरकारले पुननिर्माणको लागि चित्तबुझ्दो योजना ल्याउने आश्वासन दिएका छन् । उनले राजनीतिक दलबीच एकता भए सरकारले ल्याएको संकल्प पूरा गर्न सकिने बताए । दोलखाका स्थानीय राजनीतिक दल र सञ्चारकर्मीसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन् ।‘यो राजनीति गर्ने समय होइन्’, उनले भने,‘एकजुट भए विपत्तीको सामना गर्न सकिन्छ ।’ उनले बैशाख १२ गतेको भूकम्पको क्षति व्यवस्थापन गरिनसक्दै फेरि मंगलबार आएको भूकम्पले सरकार नतमस्तक बनेको बताए । प्रधानमन्त्री कोइरालाले विपद व्यवस्थापनको लागि पूर्व तयारी नगरेकाले सरकार अल्मलिएको स्वीकारे ।

susil-koirala‘तयारी नभएकाले सुरुमा हामी अल्मलियौं’, उनले भने,‘अब अघि बढ्छौं ।’ कोइरालासँगै दोखला पुगेका एमाओवादी नेता पुष्पकमल दाहालले महाविपत्तीको बेला ठोस निर्णय लिएर अघि नबढे मुलुक गम्भीर संकटमा फस्ने धारणा राखे । ‘विपत्तीलाई चिन्ता र डरको रुपमा मात्रै नलिऔं’, उनले भने,‘यसलाई अवसरको रुपमा लिएर काम गरौं ।’ चरिकोटको बर्दबहादुर गणमा ओर्लिएका प्रधानमन्त्री कोइरालालाई जिल्लाका सरकारी अधिकारीले ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कोइरालासँगै फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार पनि दोलखा आएका थिए । मंगलबारको भूकम्पले मात्रै दोलखामा ७१ जनाको ज्यान गइसकेको छ । सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्पले दोलखामा सबैभन्दा धेरै क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१