राजदूत अर्जुन कार्की र अमेरीकी विदेशमन्त्री जोन केरीबीच भेटवार्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७२, बिहीबार १२:३७

काठमाडौं, ३१ वैशाख । अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत अर्जुन कार्की र अमेरीकी विदेश मन्त्री जोन केरीबीच भेटवार्ता भएको छ । वासिंटन डिसीस्थित नेपाली दूतावासका अनुसार विदेशमन्त्री केरीको कार्यालयमा भएको भेटघाटमा अमेरिकाले भूकम्पका कारण नेपालमा भएको क्षतिप्रति दुःख ब्यक्त गर्दै नेपालका लागि कुनैपनि सहयोग गर्न अमेरीका तयार रहेको बताएको छ ।

United States Syriaत्यसैगरी दक्षिण एशियाली मुलुक हेर्ने विदेश सहायक मन्त्री निशा देसाई तथा नवनियुक्त राजदूत कार्कीबीच भएको अर्को भेटघाटमा देसाई नेपाल भ्रमणमा जान लागेको अवगत गराइएको दूतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।‘विदेश सहायक मन्त्री देसाईले भूकम्पबाट भएको धनजनको क्षतिको विस्तृत विवरण, हालको अवस्थाको मूल्यांकन र नेपाल सरकारबाट भएका उद्धार, पुनर्स्थापना र पुननिर्माणका प्रयास बारे जानकारी लिन आफू छिट्टै नेपाल भ्रमणमा जान लागेको जानकारी गराएकी छन् । कार्कीले मे १८ आफ्नो ओहदाको प्रमाणपत्र राष्ट्रपति वाराक ओवामा समक्ष पेश गर्ने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१