मोदी ३ दिने भ्रमणका लागि चीनमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७२, बिहीबार १२:१७

modiएजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ३ दिने भ्रमणका लागि चीन पुग्नु भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले आर्थिक साझेदारीका साथै दुई मुलुकबीच देखिएको आपसी अविश्वासका विषयमा छलफल गर्ने बीबीसीले जनाएको छ । भारत र चीनबीच सीमा विवादका कारण सम्बन्ध सुमधुर हुन सकेको छैन । प्रधानमन्त्री मोदीले बेइजीङ् र साङ्घाईको पनि भ्रमण गर्नुहुने अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री मोदीले ट्वीटमा आफ्नो भ्रमणले आगामी दिनमा चीनसँगको आर्थिक सहयोग बढाउने विषयमा थप टेवा पुग्ने उल्लेख गर्नुभएको छ । चीनले भारतको व्यापारिक क्षेत्रको ठुलो हिस्सा ओगट्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१