भूकम्प पिडीतलाई सहयोग गर्न अमेरिकी सहायक विदेश मन्त्री नेपालमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७२, बिहीबार ११:१५

अमेरिका,३१ बैशाख । अमेरिकाको दक्षिण एशियाली विभाग हेर्ने सहायक विदेश मन्त्री निशा विसवाल बुधवार तिन दिने भ्रमणको सिलसिलामा काठमाण्डौं प्रस्थान गरेकी छन् । उनी मे १३ देखि १५ सम्म् नेपालमा रहनेछिन्। स्टेट डिपार्टमेन्टले जारी गरेको प्रेस नोटमा विसुवालले आफनो भ्रमण अवधिमा सरकारी अधिकारीहरु ,नेपालका लागि अमेरिकी राजदूत पिटर वोडे,तथा अमेरिकी दूतावासका कर्मचारीहरु , युएसएआईडिको विपद व्यवस्थापन सहयोग समूहका सदस्यहरु,अरु अमेरिकी तथा अन्य उद्दार तथा राहतमा परिचालित उद्दारकर्ताहरुसँग जारी उद्दार तथा राहत वितरण प्रक्रियाको वारेमा छलफल गर्ने छिन् ।

nishaयसै गरी दीर्घकालीन पुर्नस्थापनको विषयमा पनि छलफल गर्नेछिन् । उनले आफनो टिवटर एकाउन्टमा लेखेकी छन् नेपाल तर्फ प्रस्थान गर्देछु । यसमा दूतावासका व्यक्तिहरु, उद्दारमा संलग्न र नेपाल सरकारसँग राहात तथा पुर्नस्थापनको वारेमा छलफल गर्नेछु । उनले हामी नेपालसँग छौं भन्ने सन्देश पनि जोडेकी छन् । अमेरिकाको सेनाको एक् टोली नेपालको राहत वितरणमा तथा उद्दरमा खटिरहेको छ । यस अगाडि अमेरिकाले यसएसएआईडि मार्फत २ अर्व २५ करोड सहयोग गरिसकेको छ । सोमवार विदेशमन्त्री जोन केरीले नेपालका नवनियुक्त राजदूत डा।अर्जुन कार्कीसँग पनि अमेरिकाले सक्दो सहयोग गर्ने वताएका थिए । आफनो ओहोदाको प्रमण पत्र को मस्यौदा पेश गर्न स्टेट डिपार्टमेन्ट गएका कार्कीलाई केरीले यस्तो वताएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१