इटालीको युभेन्टस फाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७२, बिहीबार १०:१८

स्पेनिस क्लव रियाल मड्रिडलाई पराजित गर्दै इटालीको युभेन्टस यस वर्षको च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराती अफ्नै मैदानमा भएको खेलमा युभेन्टससँग १-१ गोलको बराबरीमा रोकिएपछि रियाल मड्रिडको यात्रा सेमिफाइनलमै टुंगिएको हो । यसअघि पहिलो लेगको खेल २-१ ले जितेको युभेन्टसले समग्रमा खेल ३-२ ले आफ्नो पक्षमा पारेको हो ।

fainalगएरातीको खेलमा रियालका क्रिश्चियानो रोनाल्डोले २३ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे ।
तर ५७ औं मिनेटमा अल्भारो मोराटाले एक गोल फर्काउदै खेल बराबरीमा पुर्‍याएका हुन् । यसपछि कुनै गोल हुन नसक्दा युभेन्टस ३-२ ले विजयी हुँदै फाईनलमा पुग्यो भने स्पेनिस जायन्ट रियाल मड्रिड निराश हुनुपर्‍यो । युभेन्टसले अब आगामी जुन ६ तारीखमा जर्मनीको बर्लीनमा हुने फाइनल खेलमा अर्को स्पेनीस प्रतिद्धन्दी वार्सीलोनासँग खेल्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१