बेलायतमा अर्धनग्न दौड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७२, बिहीबार ०९:५५

Rat-Race-Dirtyबेलायत ।  बेलायतको लिंकन शायरमा  हजार भन्दा बढि युवायुवतीहरु केवल कट्टु तथा पेन्टी-ब्रा मा जम्मा भए र एक किलोमिटर सम्म दौडिए । मे ८ का दिन पर्ने र्याट रेस एडभेन्चर स्पोर्टस् डर्टी विकको अवसरमा अर्धनग्न युवायुवतीहरु किर्तिमानको लोभमा यसो गरेका थिए, तथापि सफल भने भएनन् ।११ सय ४६ जना अर्धनग्न युवायुवतीहरु लिंकनशायरको बर्घले हाउसमा जम्मा भए र दौडिए । तथापि उनीहरु विश्वकिर्तिमान कायम गर्न सफल भएनन् ।

गिनिज बुकको रेकर्ड भन्दा त्यो संख्या निकै कम भयो । गिनिज बुकको रेकर्डमा अर्धनग्न दौडको किर्तिमान अमेरिकाको नाममा रहेको छ । सन् २०११ मा अमेरिकामा २२ सय ७० जना मानिसहरु अर्धनग्न दौडमा सहभागी भएका थिए ।

अर्धनग्न दौडमा सहभागी युवायुवतीहरुले किर्तिमान राख्न असफल भएपनि त्यस्तो हिम्मत गरे बापत दौड सकिएपछि सित्तैमा पिएर पिउन पाए ।दौड कार्यक्रमका व्यवस्थापकीय निर्देशक जिम मीका अनुसार डर्टी विकेन्डको अवसरमा किर्तिमान राख्नका लागि हजार जना महिला पुरुष अण्डरवेयरमा उत्रिनु हिम्मतिलो काम भएको बताए । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१