मृतकको संख्या बढ्दै, अहिलेसम्म ६५ पुग्यो ,१२ गतेको भूकम्पबाट ८,२१९ को मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७२, बिहीबार ०९:४७

vukmpaकाठमाडौँ ,३१ बैशाख । देशका विभिन्न भागमा वैशाख २९ गते मंगलबार १२:५२ बजे आएको बिनाशकारी भूकम्पमा परी आज सम्ममा ६५ जनाको ज्यान गुमेको छ भने १,९२६ जना घाइते भएका छन्।

भुकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ८, पूर्व क्षेत्रमा २, मध्य क्षेत्रमा ५४ र पश्चिम क्षेत्रमा १ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १,२११, पूर्व क्षेत्रमा ५२, मध्य क्षेत्रमा ५७४, पश्चिम क्षेत्रमा ८१ र मध्य पश्चिम क्षेत्रमा ८ जना रहेको प्रहरीले जनाएको छ।यसैगरी वैशाख १२ गते शनिवार  देशका विभिन्न भागमा आएको बिनाशकारी भुकम्पमा परी ८,२१९ जनाको ज्यान गुमेको छ भने ७६,६३८ जना घाइते भएका छन् ।

साथै भूकम्पमा परी घाइते भएका नेपाली सेना ६, नेपाल प्रहरी ५३ र सशस्त्र प्रहरी  १२ गरी जम्मा ७१ जनाको संख्यासमेत उपरोक्त संख्यामै समावेश गरिएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। साथै उक्त भूकम्पबाट ५ पूर्णरुपमा र ३६ आंशिक रुपमा गरी जम्मा ४१ भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१