काठमाडौं, ३० वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्प प्रभावितको उद्धार, राहत तथा पनस्र्थापनाका लागि सक्दो सबै किसिमको सहयोग गर्ने बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइरालासँग बुधबार टेलिफोनमा कुराकानी गर्दै सक्दो सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । प्रधानमन्त्री कोइरालासँगको टेलिफोन वार्तामा नेपालमा मंगलबार गएको भूकम्प र त्यसले पारेको प्रभावका विषयमा कुराकानी भएको भारतीय प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर ह्याण्डलमा उल्लेख गर्नु भएको छ ।
प्रतिक्रिया