सुत्केरीलाई सघाउने मनिषा कोइरालाको निर्णय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० बैशाख २०७२, बुधबार १८:०८

नेपालीमुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले बैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पबाट प्रभावित गर्भवती महिला, सुत्केरी, तिनका शिशुहरूका साथै युवायुवतीलाई सघाउने घोषणा गरेकी छिन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) को सद्भावना दूत बनेपछि उनले यस्तो घोषणा गरेकी हुन् । युएनएफपीए को सद्भावना दूतका हैसियतले अब आफू यस्तो कार्यमा क्रियासिल हुने पनि बताएकी छिन् । मनिषाले भनेकी छिन् -‘नेपालमा गएको भूकम्पबाट धेरै गर्भवती महिला, सुत्केरी, तिनका शिशुहरू प्रभावित भएका छन् ।

manishaत्यसैले अब म प्रत्यक्ष रुपमा सहभागि भई उनीहरुलाई सघाउने छु ।’ उनले अब चाडैं आफु केहि राहतका कार्यक्रमसहित नेपालमा आउने पनि बताएकी छिन् । युएनएफपीएका अनुसार यति बेला नेपालमा करिब २ लाख गर्भवती महिला, सुत्केरी, तिनका शिशुहरू पूर्ण रुपमा प्रभावित भएको तथ्य छ । युएनएफपीएले पनि नायिका मनिषा कोइरालालाई सद्भावना दूतमा नियूक्त गरेपछि भनेको छ -‘अब हामी मनिषा कोइरालासँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरु अगाडी सार्ने छौं,जसले गर्दा अहिले नेपालका भूकम्प पिडित देखी गर्भवती महिला, सुत्केरीलाई सहयोग मिल्ने छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१