देश शोकमा,प्रधानमन्त्री कोइराला दिल्ली जादै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ बैशाख २०७२, मंगलवार १२:४९

काठमाडौं,२९ बैशाख । दक्षिण एशियाली विश्व विद्यालयको जेठ अन्तिम सातामा हुन लागेको प्रथम दिक्षान्त समारोहमा प्रमुख अतिथी भएर दिल्ली जान लागेका प्रधानमन्त्री सुशील कोइरालाको भ्रमणलाई ‘औपचारिक’ बनाउन कुटनीतिक पहल सुरु भएको छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले हिजो अपरान्ह राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोवलसंग भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाको दिल्ली भ्रमणको तयारीबारे जानकारी गराउनुभएको हो ।

susilराजदुत उपाध्यायले भन्नुभयो ‘मैंले सुरक्षा सल्लाहकार डोवललाई भेटेर प्रधानमन्त्री कोइरालाको आसन्न दिल्ली भ्रमणको पुर्व तयारीबारे जानकारी गराएको छु, भ्रमणको औपचारिक र थप कार्यतालिका निर्धारण गर्नमा हामी जुटेका छौं ।’ आगामी जुन ११ मा हुने दिक्षान्त समारोहमा बिशेष अतिथी बनेर जाने तयारी गरेका प्रधानमन्त्री कोइरालाकै चाहनामा यो अवसरलाई औपचारिक भारत भ्रमणको ढाँचामा बदल्न लागिएको दुतावासले जनाएको छ ।
दक्षिण एशियाली मुलुकका बिद्यार्थी अध्यनरत सो विश्वबिद्यालय सार्कको क्षेत्रीय साझा अवधारणामा पााच बर्षअघि स्थापना भएको हो । हाल सार्क संगठनमा अध्यक्ष राष्ट्रको हैसियतमा रहेको नेपालका प्रधानमन्त्री कोइरालालाई समारोहमा आमन्त्रण गरिएको हो । विश्वबिद्यालयका तर्फबाट बिद्यार्थीलाई दिइएको दिक्षान्त सूचनामा नेपालका प्रधानमन्त्री एवं सार्क संगठनका अध्यक्ष शुशिल कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिशेष आतिथ्य रहने जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१