नेपालका भूकम्पपीडितहरुलाई जनसम्पर्क समिति अमेरिकाको राहत सामग्री प्रदान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ बैशाख २०७२, मंगलवार १२:०४

usaकाठमाडौं,२९ बैशाख । नेपाली जनसम्पर्क समिति अमेरिका तथा सिंगापुरमा मुख्यालय रहेको सामाजिक संस्था डिड्स फर निड्सको पहलमा सोमबार काठमाडौको विकट बालुवा गाविसका महाभुकम्प पीडितहरुलाई राहत सामग्री प्रदान गरिएको छ । पीडितहरुलाई त्रिपाल सहित चामल, चिउरा, चाउचाउ, तेल, ब्ल्याङकेट, साबुन, टिसर्ट लगायतका अत्यावश्यक सामग्रीहरु उपलब्ध गराइएको हो । नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, उपाध्यक्ष धर्मराज श्रेष्ठ, सदस्य हरिबोल भण्डारी, समाजसेवी शेखर ढुंगेल, डिड्स फर निड्सका संस्थापक तथा कार्यकारी प्रमुख माया छिरिङ बक्ला, डिड्स फर निड्सका नेपाल प्रमुख क्यापटेन तेन्जिङ लामा, समाजसेवी कृष्णहरि भण्डारी, मधुकर राजभण्डारी, नेपाली कांग्रेसका युवा नेता भुवन लामा, श्रीराम चालिसे लगायतले करीब सय परिवारलाई राहत सामग्री प्रदान गर्नु भएको हो । राहत सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले विपतमा परेका नेपालीलाई सहयोग गर्नु प्रवासमा रहेका नेपालीको कर्तव्य भएको बताउनुभयो । महाभुकम्प पीडितहरुको घाउमा मलम लगाउन आफुहरु सात समुद्रपारिबाट नेपाल आएको बताउँदै विष्टले देशका विभिन्न ठाउँमा पुगेर राहत वितरण कार्यक्रममा सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१