मिर्गौला फेल हुने कारण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ बैशाख २०७२, मंगलवार ११:३७

संसारमा मिर्गौला फेल हुने एक नम्बर कारण मधुमेह नै हो । ५० प्रतिशत मिर्गौला मधुमेहले बिगार्छ । टाइप वान मधुमेह भएको बिरामीमा १५–२० वर्षपछि मिर्गौलाको समस्या देखा पर्नसक्छ । तर, टाइप टु मधुमेह भएको सुरुकै अवस्थामा मिर्गौलामा असर गरिसकेको हुनसक्छ । सामान्य रूपमा हेर्ने हो भने मधुमेह लागेको १०–१५ वर्षमै धेरै बिरामीमा मिर्गौलामा असर देखिएको छ । टाइप टु मधुमेह भएका कम्तीमा ४० प्रतिशतसम्म बिरामीलाई डायबेटिक नेफ्रोप्याथी (मधुमेहका कारण हुने मिर्गौला रोग) हुने खतरा रहन्छ । सामान्य मानिसमा मधुमेह मात्र छ तर एक्कासी रक्तचाप उच्च भयो भने मिर्गौलालाई असर गरेको हुनसक्छ । पिसाबमा माइक्रोअल्बुमिन भन्ने प्रोटिन सुरुको अवस्थामा सानो मात्रामा जाने हुन्छ ।

२४ घन्टामा ३० मिलिग्रामसम्म अल्बुमिन पिसाबमा गयो भने डायबिटिक नेफ्रोप्याथीको पहिलो लक्षण हो । जब यो प्रोटिन युरियाको स्टेजमा पुग्छ, त्यसपछि बल्ल बिरामीको हातखुट्टा सुन्निएर आउने प्रमुख लक्षण देखिन्छ । सुन्निँदै गएपछि बिस्तारै मिर्गौला फेल भएको लक्षण देखा पर्छन् । सुरुकै अवस्थामा धेरै नै नोक्सान भइसकेको हुन्छ । त्यसैले बिरामीमा लक्षणभन्दा पनि पहिला नै चिकित्सकले जटिलताको कारण खोजी गर्नुपर्ने हुन्छ । मधुमेहको नियमित परीक्षणमा पिसाबको विशेष जाँच गर्नुपर्छ । यस्ता जाँच कम्तीमा ६ महिनामा एकपटक गर्नुपर्ने हुन्छ । मधुमेहका रोगीले मिर्गौला रोगबाट बच्न विशेष ध्यान दिनुपर्छ । जस्तै मधुमेह नियन्त्रणका लागि आफ्नो आहारव्यहार व्यवस्थित गर्नुपर्छ, व्यायाम गर्नुपछ । तौल, उच्च रक्तचाप, कोलेस्टेरोल र सुगरलाई नियन्त्रणमा राख्नु पर्छ ।

डा. अनिल बराल
डिएम नेफ्रोेलोजी, वीर अस्पताल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१