काठमाडौं, २९ वैशाख । सोमबार राती ४ रेक्टर स्केलभन्दा माथिका चारवटा साना भुईचालो गएको छ । मंगलबार बिहान २ बजेर ८ मिनेटमा गोरखा र धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसअघि १२ बजेर ७ मिनेटमा धादिङ र ११ बजेर ५४ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोमबार बेलुकी ८ बजेर ३५ मिनेटमा पनि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो । बैशाख १२ गते ७ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएपछि अरु साना धक्का आइरहेका छन् । यसरी साना भूकम्प गइरहँदा ठूलो भूकम्प आउने सम्भावना नरहेको विज्ञहरुले बताउँदै आएका छन् ।
प्रतिक्रिया