आँचे प्रान्तमा फसेका ६ सय आप्रवासीको उद्धार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ बैशाख २०७२, मंगलवार ११:०४

एजेन्सी । उत्तरी इण्डोनेशियाको आँचे प्रान्तमा फसेका करिव ६ सय आप्रवासीको उद्धार गरिएको छ । इन्डोनेसियाको एक समुद्रमा २ वटा डुङ्गामा रहेका बंगलादेशी नागरिक र बर्माको रोहिन्ग्या मुस्लिम धर्मावलम्वीको उद्वार गरिएको हो । ती डुङ्गालाई स्थानीय माझीले तानेर किनारामा ल्याएको बीबीसीले उल्लेख गरेको छ । डुंगामा सवार अधिकांश महिला तथा बालबालिका छन् ।

lassबर्माले रोहिन्ग्या समुदायलाई पहिचान दिन अस्विकार गर्दै आएको छ । साम्प्रदायीक हिंसा सहदै आएको सो उत्पीडित समुदायबाट ठलो संख्यामा थाईल्याण्ड र सामुद्रीक बाटो हुदै भागेर अन्य मुलुक जाने लहड पछिल्लो समय चलेको छ । इन्डोनेसियाली अधिकारी तथा सहयोगी नियोगहरुले रउद्धार गरिएका ती आप्रवासी एक साता भन्दा बढी समयदेखि समुद्रमै अलपत्र परेको आशंका गरेका छन् । उनीहरु भागेर मलेसिया पुग्न खोजेको आशंका गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१