विराटनगर,२९ वैशाख । चट्याङ लागेर धनकुटामा दुई जनाको ज्यान गएको छ । थप दुई जना घाइते भएका छन् । धनकुटामा सोमबार बेलुका परेको चट्याङ लागेर चानुवा ९ की ४० बर्षीय भिमकुमारी विकको ज्यान गएको हो ।
चट्याङ लागेर गम्भीर घाइते भएकी विकको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा ज्यान गएको हो । चट्याङ लागेर त्यही ठाउँकी २० बर्षकी तिर्थमाया थापा सामान्य घाइते हुनु भएको प्रहरीले जनाएको छ । त्यस्तै सोमबार रातिनै वर्षासँगै परेको चट्याङ लागेर धनकुटा मरेककटहरे ५ का ३५ वर्षका ताराबहादुर गुरुङको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया