हैदरावाद तेस्रो स्थानमा,आज चेन्नाई र दिल्ली भिड्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ बैशाख २०७२, मंगलवार १०:०८

किङ्गस इलाभेन पन्जावलाई हराँउदै सनराइजर्स हैदरावाद इण्डियन प्रियिमर लिग क्रिकेटको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा घरेलु टोली हैदरावादले पाहुना टोली पञ्जावलाई ५ रनले हराएको हो । खेलमा पहिले व्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । हैदरावादको लागि डेभिड वार्नरले ८१ रन जोडे । बलीङतर्फ पञ्जावका ब्युरान हेन्ड्रिक्सले दुई विकेट लिए । जवाफमा १ सय ८६ रनको लक्ष्य पछ्याएको पञ्जाव १ सय ८० रनमै समेटियो । पञ्जावको लागि डेभिड मिलरले अविजित ८९ रन जोडेपनि टोलीलाई हारबाट बचाउन सकेनन् ।

iplजितसँगै सनराइजर्स हैदरावादले अंक तालिकामा राजस्थान रोयल्सलाई उछिनेको छ । १२ खेलबाट १६ अंक जोडेको चेन्नाई सुपर किङ्स शिर्ष स्थानमा रहेको छ ।  समान खेलबाट १५ अंक जोडेको कोलकाता दोस्रो तथा १४ अंक जोडेको हैदरावाद तेस्रो स्थानमा रहेका छन् । १४ अंक जोडेपनि नेट रनरेटमा हैदरावादसँग पछि परेपछि राजस्थान चौथो स्थानमा झरेको छ । ईण्डियन प्रिमियर लिग आईपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज चेन्नाई सुपर किङ्स र दिल्ली डेयरडेभिल्स भिड्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१