राहत वितरण मार्फत युवा परिचालन र सन्तुस्टी बटुल्दै योङ हर्ट ओपन स्काउट क्रीउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ बैशाख २०७२, मंगलवार १०:२४

11264362_990142574338482_1835104008_nसिन्धुपाल्चोक,२९ बैशाख । तिमी आट म पुर्यौउछु भनेझै आज बिदेश्मा रहेका सहयोगी हात हरु को सहयोग मार्फत नेपाल स्काउट अन्तर्गत को योङ हर्ट ओपन स्काउट क्रीउ सिन्धुपाल्चोक जिल्ला को क्षेत्र नम्बर २ को जल्बिरे गा बि श को वडा नम्बर ७ का ४२ घरधुरी लाई राहत बितरन गर्न सफल भएको छ । बिश्वो सेबामा समर्पित स्काउट को सहयोग भने यो पहिलो होइन । २०७२ को महबिनस्कारी भुकम्पको दोश्रो दिन देखी आफ्नो घरपरिबार र आफन्त को पर्बाह नगरि उद्धार राहत बितरन र टहरो निर्माणमा निरन्तार रुप्मा लागि परेको संस्था का सदश्य सचिब एबम रोवर लीडर सुदर्शन बजगाइ ले बताउनु भयो। यश क्षेत्र का माननिय सवासद आग्नी सापकोटा मुख देखाउन समेत आउनु भएन तर तपाईंहरु काठमाडौं देखी ५ घण्टा बस मा कष्ठ गरेर हामी लाई राहत दिन आउन भयो तपाईंहरु को भलो होस् बाबु एक जना बुढी आमाले आँखाभरी आशु निकालेर आसिश दिनुभयो। राहत प्रसस्त मात्रमा आएपनी हुनेखाने र पहुच्वला ले मात्रै पएको र बल हुने युवा हरुले बाटोमै लुटेर लाने गरेको तर महिला र ब्रिद्ध भएको गाउमा कमै मात्र मा राहत पुगेको जनगुनासो पयिएको थियो । राहत आन्तर्गत एउटा मन्डी एक बोरा चामल र आफुलाई पानीबाट जोगाउने पाल को परखाइमा रहेक जनता लाई मध्यनजर गरी जल्बिरी गा बि श को वडा नम्बर ७ का जनतालाई २२ बोरा चामल ३ बोरा चीउरा, १ बोरा राज्मा, १ बोरा नुन ,५ पाकेट मैन्बत्ती , २ कार्टून बिस्कुट , २ बाकश साबुन , १०० थान सलाई , ५० पाकेट मसेउरा ,१ बोरा बोडी र बच्चाहरुको लागि १ बट्टा चक्लेट बितरण गर्न पाउदा र आयोजक संस्था को सदश्य सचिब (रोभर लीडर)भएकोमा गर्व लागेको छ र उनिहरुको अनुहारमा जस्तै अाम नेपाली को अनुहारमा त्यस्तै हासो ल्याउन निरन्तर लाग्ने उर्जा प्राप्त भएको छ भन्ने प्रतिकृया दिएक थिए। बिदेशमा रहेरपनी स्वोदेशमा झै नेपाली को घाउमा मलम लगाउन राहत कार्य को लागि सहयोग गार्नुहुने स्काउटर युवराज गुरुङ(रु ५०००) राज गुरुङ (रु ५०००) रोहित गुरुङ (रु ५५५०) र मेरो बिद्यार्थी कपिल श्रेष्ठ को दाई जो अमेरिका मा हुनुन्छ वहाँबाट (रु ३००००)प्राप्त भएको सहयोग लाई बिशेष धन्यवाद दिन चाहन्छु र यातायात को प्रबन्ध मिलऊनु हुने काव्य स्कुलका संचालक रिजन खड्का भन्ने धारणा योङ हर्ट ओपन स्काउट क्रीउ का अध्यक्ष देव दूत अधिकारी ले बेक्त गर्नु भयो। सो बितरन कार्यक्रम मा उमामहेशोर महिला समुह र योङ हर्ट ओपन स्काउट क्रीउका सदश्यहरुले सोएम्सेबा प्रदन गरेक थिए। सो राहत गरीब र वास्तविक पिदिल लाई बितरन गरिएको थियो। जल्बिरे गबिश वडा नम्बर ७ का सम्पूर्ण घरहरु धोस्त भेतिएक थिए भने गाउमा युवाहरु को समेत कामी महसुस गरिएको थियो। स्मरन रहोस् स्काउट संसारकै सबै भन्दा ठुलो सोएम्सेबी संस्था हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१