काठमाडौं, २८ वैशाख । एमाओवादीका सांसद् जर्नादन शर्मा ‘प्रभाकर’ ले पुर्ननिर्माणका लागि २ लाख सदस्य हुनेगरी राष्ट्रिय स्वयंसेवक गठन गरिनुपर्ने सुझाव दिएका छन् । नेता प्रभाकारले राष्ट्रिय स्वयं सेवकका २ लाख र सरकारी संयन्त्रका २ लाख परिचालन गरे वर्षा यामअघि भूकम्प पीडितका लागि अस्थायी आवास तयार गर्न सकिने बताएका हुन् । सोमबार व्यवस्थापिका संसद्को बैठकमा आफ्नो धारणा राख्दै नेता प्रभाकरले भने, ‘बर्षा याममा गर्नु पर्ने बसोबास सहितको सहज दिनचर्याको आवस्यकता कसरी पुरा गर्ने भन्ने बारे गम्भिर बनौं । यसका लागी राष्ट्रिय स्वंसेवक गठन गरौं । हालको प्रमुख समस्या र नवनिर्माणमा समेत परिचालन हुनेगरि दुईलाख स्वंसेवक र सरकारी संयन्त्रको दुईलाख सहित चारलाख परिचालन गरौं । हरेक पाँच जनाले दुई दिनमा एक घर बनाउन सकिन्छ, पन्ध्र दिनमा ६ लाख अस्थाई आवास÷टनेल बनाउन सकिन्छ । आवस्यक जनशक्तिको अभाव होईन त्यसको परिचालन र योजनाको समस्या हो ।’ उनले पूर्व सेना, प्रहरी, पूर्व जनमुक्ति सेना, आम युवा विद्यार्थीलगायत जनशक्ति परिचालन गर्नुपर्ने बताए । ‘इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकका इन्जिनियरहरुको आश्रय नेपाल भन्ने सँस्थाले तयार पारेको नमुना वैज्ञानिक, सस्तो र निर्माणमा छरितो समेत भएकाले सोही नमुनालाई सरकारले विस्तार गर्न स्वीकृति दिनु पर्दछ,’ प्रभकारले भने, ‘टिन÷जस्ता लगाएतका आवस्यक सामंग्री सरकारले आजै अर्डर गर्नु पर्दछ । ’
‘म एउटा स्वंसेवक भएर काम गर्न तयार छु । आवस्यकता परे लाखौं स्वंसेवकलाई परिचालन गर्न पनि तयार छु । मेरो रोजाईमा होईन राष्ट्रको आवस्यकतामा जहाँ, जुनवेला, जसरी पनि खट्न तयार छु,’ उनले भने, ‘हाम्रो पार्टीको तर्फबाट दशहजार भन्दा बढी स्वयंसेवक परिचालन गर्न तयार रहेको जानकारी गराउदछौं ।’ नेता प्रभाकरले नव निर्माणका लागि नयाँ निर्माण आयोग तथा प्रतिस्ठान, विज्ञहरुको गठन गर्नुपर्नेमा जोड दिए । ‘बर्षा भर यसले अध्ययन गरेर मंसिर बाट काम थाल्ने तयारी गरौं । बस्ति बिकास र एकिकृत सेवा प्राकृर्तिक बिपत्तिमा कम क्षतिहुने प्रविधि, खोला, नदि, ढुङ्गा, बन जंगलको उचित प्रयोग, वातावरण मैत्री र उत्पादन मुखि योजना तिर आगामि बजेट केन्द्रित गरौं,’ उनले भने ।
उनले बिषम परिस्थितिमा सबै लोभ र पापबाट मुक्त भै नेतृत्व प्रदान गर्न तयार रहनुपर्ने बताए । ‘प्राथमिकतामुखी होईन शक्ति मुखि प्रवृत्तिमा अडेको हालको राज्य प्रणाली, मनोज्ञिान एवं संस्कार बिरुद्ध एकजुट भै लड्ने प्रतिवद्धता गरौं,’ उनले भने । उनले नेपालीको गौरव, स्वाधिनता र स्वतन्त्रता भुलदै आफ्नो तागत श्रमशिलता र स्रोतलाई चिन्दै नचिन्ने र भिख मगुवा र आत्मसमर्पणवादी मानसिकता बाट मुक्त हुनुपर्ने बताए ।
नेता प्रभाकारले राजनीतिक रुपले उठेका प्रश्न, राष्ट्रिय स्वाधिनता सँग गासिएका प्रश्नहरु, उद्दार राहतमा भएका कमि कमजोरी, सरकार र सरकारी संयन्त्रका समस्या लगायतका विषयमा राष्ट्रिय सरकार बनाउनु पूर्व राष्ट्रिय सोंच बनाउनुपर्ने बताए । ‘शिर्ष नेताहरुले सैद्धान्तिक निर्णय र अर्को पिढिलाई सकृय जिम्मेवारी दिन तयार हुनुपर्दछ,’ उनले भने, ‘शुसिल कोइराला, प्रचण्ड, माधव नेपाल, शेर बहादुर देउवा, के। पि। ओली, बाबुराम, झलनाथ, रामचन्द्र पौडेल बिजय गक्षेदार, उपेन्द्र यादव लगाएतका अन्य नेताहरु कहाँ गल्ती भयो एक पटक छातीमा हात राखेर सोच्नुहोस, हामीले पनि तपाईहरुको मेलोमा पछि लाग्दै गर्दा कहाँनेर चुक्यौं सोच्नेछौं ।’ उनले विपत्तीमा परेका सबै जनतालाई राहत पु¥याउन सिंगो स्रोत साधन त्यसमा लगाउनु जरुरी रहेको बताउँदै खर्च नभएर थन्किएको राजस्व पचास अर्व परिचालन गर्नुपर्ने बताए ।
प्रतिक्रिया