अमेरिकाको मोर्गन स्टेट युनिभर्सिटीका नेपाली विद्यार्थीद्धारा राहत संकलन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७२, सोमबार १५:२६

अमेरिका,२८ बैशाख । अमेरिका स्थित मोर्गन स्टेट युनिभर्सिटी नेपाली विद्यार्थी संगठनले नेपालमा भूकम्प प्रभावितका लागि १ लाख ७० हजार ५ सय ४ रूपैयाँ सहयोग गरेको छ। पीडितको क्षेत्रमा प्रत्यक्ष रूपमा काम गर्दै रहेका विवेकशील नेपाली मार्फत उक्त नगद रकम पीडित समक्ष पुर्‍याएका हुन्।

save nepal‘हाम्रो यो सानो सहयोगले पीडितको घाउमा मल्हम लगाउने विद्यार्थीहरूले विश्वास लिएका छन्। यसैबीच उनीहरूले अमेरिकामा जम्मा गरेको लत्ता कपडा लगायतका समानहरू पनि चाडै नेपाल पठाउँने जानकारी दिए।
सुबिन होना, आस्विन श्रेष्ठ, शिव न्यौपाने, सुर्योदय तिम्सिना, चन्दा रम्तेल,उत्सव सिग्देल, हेमन्त तिम्सिना, केदार तिम्सिना, सुरज भण्डारी, सुरज भट्टराई, प्रेम राज दाहाल, प्रतिभा तिमल्सिना, सुलव खड्का, सुमन शाक्य,नर्बदा कार्की,कर्ण तामाङ लगायतको टिमले अमेरिकामा रकम संकलन गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१