जय ललिताको मुद्दाको फैसला सोमबार हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७२, सोमबार १४:३९

बैंगलोर । भारतीय राजनीतिक जगतमा एकजना चर्चित नेत्री जयललिता जयरामको मुद्दाको फैसला सोमबार हुने भएको छ । उनी गएको सेप्टेम्बर महिनामा थुनामा परेकि थिइन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनको भ्रष्टाचारको मुद्दामा उनी दोषी पाइएकी थिइन्।तरपनि उनको सो मुद्दामा अन्तिम फैसला भएको छैन र उनलाई सजाय पनि सुनाइएको छैन । सोमबार उनको मुद्दाको बारेमा फैसला हुने सञ्चारमाध्यमहरुले जनाएका छन्। सञ्चारमाध्यमहरुकाअनुसार उनी जेल बस्नुपर्ने वा के कतिमात्रामा सजायको भागीहुनुपर्ने हो भन्ने बारेमा आज फैसला हुने छ। उनलाई गएको सेप्टेम्बर महिनामा प्रारम्भिक रुपमा चार वर्षको जेल सजाय सुनाइएको थियो । तर उनले भने त्यसका विरुद्धमा अपिल गरेकी थिइन् ।

उनले आफूलाई राजनीतिक विचारका आधारमा आरोप लगाइएको भन्दै यसका विरुद्धमा अभिव्यक्ति दिँदै आएकी छिन्। उनले अकुत सम्पत्ति कमाएको आरोपमा उनलाई बिगोबमोजिमको जरिवानासहित चार वर्षको जेल सजाय सुनाएको थियो । गएको करिब दुई दशकसम्म विवाको विषय रहेको सो मुद्दामा आज गरिने फैसला अर्थपूर्ण हुने बताइएको छ । भारतीय फिल्म जगतकी पूर्व कलाकार समेत रहेकी जयललिताको बारेमा सोमबार गरिने फैसलाको निकै चासो लिइएको समाचारमा जनाइएको छ ।
भारतको दक्षिणी राज्य तामिल नाडूकी मुख्यमन्त्री रहेकी जयललिता गत सेप्टेम्बर महिनामा दोषी पाइएपछि आफ्नो पदबाट राजिनामा दिन बाध्य भएकी थिइन् । तामिल नाडूमा निकै ठूलो लोकप्रियता कमाइरहेकी ६७ वर्षीया यी राजनीतिज्ञको राजनीतिक भविश्य सोमबारको फैसलाले निर्धारण गर्ने जनाइएको छ।

abpउनी त्यस क्षेत्रमा र आफ्नो पार्टीमा पनि लोकप्रिय थिइन् । उनलाई त्यहाँका जनताले आमा भनेर सम्बोधन गर्ने गरेका छन्। उनी आफ्नो पार्टीमा लोकप्रिय भएकोले नै उनलाई भ्रष्टाचारमा दोषी पाइएको कयौं समयसम्म उनले नै पार्टीको नेतृत्व लिइरहेकी थिइन् ।
प्रहरीले आज उनलाई अदालतमा ल्याउन लागेकोले सो क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा पारेको बताएको छ । उनका हजारौँ कार्यकर्ताले उनको समर्थनमा जुलुश निकालीरहेका छन् ।

उनीहरुले जयललिताको पक्षमा नाराबाजीगर्दै उनी निर्दोष रहेको बताइरहेका छन्। साथै उनीहरुले राजनीतिक आश्थाका कारण उनीमाथि मुद्दा लगाइएको बताएका थिए। प्रहरी अतिरिक्त कमिसनर आलोक कुमारले उनलाई अदालतमा ल्याउने क्रममा कुनै अप्रिय घटना नहोस भनेर सो अदालत बाहिर निकै नै कडा मात्रामा प्रहरी व्यवस्था गरेको र अदालतलाई घेरामा हाली सयौँ प्रहरी खटाइएको जानकारी दिए।
उनको सुनुवाई हुन लागेको बैंगलोर अदालत तथा चेन्नई सहरका कयौं स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । उनको पक्षमा चेन्नई सहरभरि सोमबार समर्थनमा जुलुश निस्किएका छन् । उनले लामो समयदेखि तामिल नाडूको मुख्यमन्त्रीका रुपमा पदमा रहेकी र आफू सत्तामा रहँदा अकुत सम्पत्ति कमाएको भन्दै सो बारेमा परेको मुद्दामा दोषी पाइएको बताइएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१