विदेशबाट स्वदेश फर्कन निःशुल्क हवाई टिकट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७२, सोमबार १४:११

काठमाडौं,२८ बैशाख । सरकारले भूकम्पका कारण आफन्तको मृत्यु भएपछि घर फर्कन चाहने वैद्धेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुको लागि आउने जाने निःशुल्क हवाई टिकटको व्यवस्था गरेकाले जेठ महिनाभित्र नेपाल आइसक्न आह्वान गरेको छ। दुई तीन दिन भित्रै टिकट दिन सुरु गरिने अधिकारीहरुले बताएका छन्। भूकम्पले अत्याधिक प्रभावित भएका १४ जिल्लाबाट वैद्धेशिक रोजगारीमा गएका कामदारहरुको हकमा यस्तो निर्णय लागू हुने बताइएको छ। वैशाख १२ गतेको भूकम्पका कारण धनजनको व्यापक क्षति भएपछि परराष्ट्र मन्त्रालयले नेपाल आउन इच्छुक कामदारहरुलाई स्वदेश फर्कने वातावरण मिलाइदिन सम्बन्धित देशहरुलाई अनुरोध गरेको थियो।

gulf_air_nepalउक्त देशका रोजगारदाता कम्पनीहरुले आउने जाने हवाई टिकट नदिएमा वा पैसाको अभावमा कामदारले स्वदेश फर्कन नसक्ने भएमा नेपाली दूतावास मार्फत उनीहरुलाई नेपाल फर्काउन सहयोग गरिने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। वैधानिक रुपमा श्रम स्वीकृति लिएर गएको कामदारको परिवारभित्रका पति वा पत्नी, आमाबाबु वा छोराछोरीको मृत्यु भएको अवस्थामा कामदारलाई दुई तर्फी टिकटको व्यवस्था गरिने श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले बताए। महिला कामदारको हकमा त्यसका अतिरिक्त सासु ससुराको निधन भएको अवस्थामा पनि उक्त सुविधा दिइने बिबीसीले बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१