भूकम्पपीडितमाझ राहात होइन,कर्मचारीतन्त्र पुग्यो : कांग्रेसका सभासदहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७२, सोमबार १३:२६

काठमाडौं,२८ बैशाख । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सभासदहरुले कर्मचारीतन्त्रबाट भूकम्पपीडितलाई प्रभावकारी रुपमा राहत वितरण हुन नसकेको धारणा राखेका छन् । पार्टीको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकमा बोल्दै उनीहरुले हरेक निर्वाचन क्षेत्रमा सभासदहरु सम्मिलित अनुगमन समिति गठन गरे राहत वितरणको कार्य प्रभावकारी हुने विचार राखेका छन् ।

kangressजनताको प्रतिनिधिका रुपमा रहेका सभासदहरुलाई राहत वितरणमा भूमिका नदिएकोमा उनीहरुले आक्रोश पोखेका छन् । बैठकपछि उपसभापति रामचन्द्र पौडेलले क्षेत्रीय तहमा अनुगमन तथा राहत वितरणको अवस्था बुझ्न र पुर्ननिमार्णको काममा सहयोग पु¥याउन सभासद रहने गरी समिति बनाउन माग आएको बताए । सभासद्हरुले प्रभावकारी काम गर्न नसकेको भन्दै सरकार र पार्टी नेतृत्वको आलोचना गरेको सभासद रामहरी खतिवडाले जानकारी दिए । सभासदहरुले बोल्ने क्रम नसकिएपछि बैठक भोलि बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१