भूकम्प प्रभावित जिल्ला किसानलाई निशुल्कमा धानको बीउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७२, सोमबार १२:२९

काठमाडौं, २८ वैशाख । सरकारले भूकम्प प्रभावित १४ वटा जिल्लाका किसानलाई निशुल्क धानको बीउ उपलव्ध गराउने भएको छ । कृषि पत्रकार प्रतिष्ठानले गरेको अन्तर संवाद कार्यक्रममा कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकरप्रसाद सापकोटाले भूकम्पको कारण क्षतिमा परेका सबै जिल्लाका किसानलाई निशुल्क रुपमा बीउ उपलब्ध गराउने तयारी गरिएकोे जानकारी दिनुभयो ।

dhanभूकम्प प्रभावित जिल्लामा निशुल्क बीउ वितरणका बजेट निकास गरी सम्बन्धित निकायलार्य सरकारले निर्देशन समेत दिइसकेको छ । धान रोप्नको लागि बीउ राख्ने समय भएकाले किसानलाई निशुल्क रुपमा उपलब्ध गराइने भएको हो । मन्त्रालयका अनुसार एक लाख मेट्रिक टन रासायनिक मल, तरकारीको बीउ, कृषिका उपकरण, पाउडर दूध, बेबी फुड र गाईको माग गरिएकाले एक हप्ता भित्रमा ल्याउने तयारी भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१