मुसा खेतीमा रमाउछन् क्याम्बोडियाली जनता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७२, सोमबार १२:१०

सुन्दै अनौठो लाग्छ , क्याम्बोडियाको धान खेतमा हरेक दिन जाल थापेर हजारौं मुसा समात्ने गरिन्छ। ग्रामीण भेगका खेतहरूबाट जम्मा गरिने यस्ता मुसाको माग बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ। वास्तवमा प्रायश अधिकांस समाजमा मुसालाई रोग बोक्ने घृणित प्राणीको रूपमा लिइने गरिन्छ। तर पुर्र्वी एसियाको सानो मुलुक क्याम्बोडियामा मुसालाई अत्यन्तै स्वादिलो र स्वस्थ अर्गानिक खानाको रूपमा खाने गरिएको छ। जुन,जुलाइ महिनामा धानबाली भित्रयाइसकेपछि राजधानी नोमपेन्ह देखि करिव करिव ६० किमि टाढाको विकट कोम्पोंग छाम प्रान्तका बिभिन्न भागका खेतहरूमा मुसा समात्ने मेला जस्तै लाग्दछ। १ सय २० वटा मुसा समाउन सफल स्थानिय ३७ वर्षिय कृषक छोएयुन छिम भन्छन् , ‘ खाद्यान्नको अभाव हुने त्यस मौसममा बेस्सरी पानी पर्नाले मुसाहरू जमिन माथि देखिन थाल्छन्। बन मुसा अन्य भन्दा अलि फरक किसिमका हुन्छन्। तिनीहरूले फरक खाना खान्छन्। अन्य सामान्य मुसा फोहरी र पकाएर खान घिनलाग्ने तथा अलि विषालु पनि हुन्छन्। तर धान खेतको मुसा स्वास्थवर्धक हुन्छन्। ‘ उनी पछिल्लो रात आफ्नो जालमा परेका मुसा पकाएर खान पाउने हुनाले दंग देखिन्छन्। मुसा समाउन नसक्नेहरू स्थानिय अभागीहरू सागसब्जी, धानको डाँठ र अन्य जंगली वस्तु खान बाध्य हुन्छन्। यदि भाग्यले साथ दिएका खण्डमा उनले एकै रात २५ केजी सम्म मुसा समाउने गरेका छन्। उनी बाली काट्ने मौसम सकिएपछि धान खान नपाउने हुनाले मुसाहरू पनि गायव हुने बताउँछन्।

LabMouseउनले अलिअलि खाएर बचेका मुसाहरू स्टीलका पिंजडामा राखेर स्थानिय मुसा व्यापारीलाई बेच्छन्। उनी भन्छन् , ‘ मुसाको मासुको स्वाद बंगुरको जस्तै हुने भए पनि मलाई भने त्यति मनपर्दैन। त्यसैले प्रायजसोले मुसा बेचेर आएको पैसाले माछा किन्ने गर्छन्। धेरैले मुसाहरू भियतनामी व्यापारीहरूलाई बेच्छन्। अर्का मुसा व्यवसायी २२ वर्षिय छेङ आन भन्छन् , ‘ आज बिहान मात्रै चुँयचुँइ गर्ने २ सय केजि मुसा भियतनाम तर्फ निर्यात गरियो। मुसाको मासु तारेर , उसिनेर सुपमा राखेर वा सेकेर खान सकिन्छ। ‘ उनी आफुले जम्मा गरेका मुसा मोटरसाइकलमा राखेर चार घन्टा लामो बिग्रेको बाटो तय गरी भियतनामको सीमानामा बेच्ने गर्छन्। क्याम्बोडियामा निकै सस्तो मुसा भियतनाममा महंगो भाउमा बिक्रि हुने गरेको उनी बताउँछन्। मुसा समाउने मौसमको चरम समय तिर आफुले प्रत्येक बिहान दुई टन मुसा भियतनाममा बेच्ने गरेको ४६ वर्षिया मुसा व्यापारी साइंग साम्बोउ बताउँछिन्।
विगत १५ वर्षभित्र उनको व्यापार झण्डै १० गुणाले बढिसकेको छ। विगतमा प्रति केजि २० सेनट भन्दा कम पैसामा बिक्रि हुने गरेको मुसाको मासु उनी अहिले प्रति केजि २ डलर ५० सेन्टमा बेच्ने गरेकिछिन्। प्रत्येक वर्ष यसको मुल्यमा बृद्धि हुँदै गइरहेको छ। अधिकांस अन्य क्याम्बोडियालीहरूले जस्तै साम्बाउले पनि मुसाको मासु खान्दिन। तर उनी मुसाको मासु मानिसको स्वास्थका लागि शत प्रतिशत लाभदायक रहेको कुरामा भने ढुक्क छिन्। आफ्नो खेत छेउ हिलोमा ठुङ्दै गरेकक कुखुराहरूलाई हेर्दै उनले भनिन् , ‘ मेरो बिचारमा मुसाहरू कुखुरा र हाँस भनदा सफा छन्। तिनीहरूले बोटबिरुवाका जरा र धान बाहेक केहि खान्दैनन। ‘ हालसालै उनको नौ वर्षिय छोरो चान मिनलाई एउटा मुसोले हातको औंलामा टोकेको रहेछ। रिस फेर्न उनले छिनछिनमा खोरबाट मुसा निकालेर आफै खाने वा कुकुरलाई ख्वाउने गरेका रहेछन्। उनी मुसुमुसु हास्दै मुसाको तिघ्रा र कलेजो सबैभन्दा स्वादिलो रहेको बताउँछन्।
उनले बिहान प्याकिंगको क्रममा भाग्न खोजेका दुईवटा मुसा पनि आफ्नो कुकुकरलाई ब्रकफास्टको रूपमा पस्किदिएका थिए। नोम पेन्ह स्थित कृषि मन्त्रालयका एक विभागिय प्रमुख हिन भान्होर्नले मुसाको मासुको व्यापारले राष्ट्रको धानवाली जोगाउन पनि उत्तिकै सहयोग पुर्याइरहेको बताउँछन्। भियतनामी मुसा व्यापारीहरू पनि क्याम्बोडियाको सीमा सम्म पुगेर मुसा किन्ने गर्छन्। केहि व्यापारीले बेच्नु अघि नै छाला काढेर मुसालाई काटकुट गर्ने गरेका छन्।
क्याम्बोडिया – भियतनाम सीमा क्षेत्रको कोह थोम जिल्लामा ३० वर्षिया थुओङ तुआन उखरमाउलो गर्मीको बिहान टिनको छाना भएको टहरामा मुसाको दुर्गन्धको परवाह नगरी एकसुरले काला र खरानी रंगका मुसाको छाला काढ्ने र तिनीहरूलाई काटकुट पार्ने काममा संधै व्यस्त देख्न सकिन्छ। उनको फुच्चे सहयोगी १३ वर्षिय मिन्हले खोरबाट एकपछि अर्को निकालेका मुसालाई पुच्छरमा समात्दै एउटा ठुलो ढुंगामा बजार्ने गर्दछन्।
यस सीमा क्षेत्रमा मुसाको मासुको ठुलै कारोवार गर्दै आएकी भियतनामी तुआनले नजिकैको भियतनामी शहरका ग्राहकहरू आफ्नै ठुला ठुला र ताजा मुसा खान रुचाउने गरेको बताउँछिन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१