नेपालका भूकम्प पिडितलाई एनआरएन अमेरिकाको यस्तो राहात

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७२, सोमबार ११:१९

काठमाडौं,२८ बैशाख । बैशाख १२ गते नेपालमा गएको महाभूकम्पमा परि ज्यान गुमाउने परिवार,घाईते परिवार र घरबार विहिन भएका परिवारहरुलाई राहात र विभिन्न सहयोग हस्तान्तरण गर्न एनआरएन अमेरिकाका अध्यक्ष,पूर्वअध्यक्ष,सदस्य लगायतका व्यक्तिहरु नेपाल आएका छन् । करिब ८ हजार भन्दा बढिको ज्यान गएको र १८ हजार भन्दा बढि घाईते भएको अबस्थामा उनीहरुलाई विभिन्न किसिमको राहात प्रदान गर्न उनीहरु नेपाल आएका हुन् । अहिले नेपालमा एनआरएन अमेरिकाको टोलीले केही त्रिपाल र खाद्यसामाग्री वितरण गरिरहेको जानकारी दिदैं एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष लोक तिवारीले अझ आफुहरु राहात वितरण कार्यक्रमलाई शसक्त बनाएर अगाडी बढाउने बताएका छन् ।

nrnराहात वितरणमा एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष लोक तिवारी,डा. केशव पौडेल,एनआरएन बेलायतका केन्द्रीय सदस्य तस्विर लामा,अमेरिका क्षेत्रका लागि डीआरसी सोनाम लामा लगायतका व्यक्तिहरु अहिले राहात वितरण कार्यक्रममा सहभागी हुदैं आएका छन् । त्यस्तैं एनआरएनका केन्द्रिय अध्यक्ष शेस घले पनि यति बेला नेपालका भूकम्प पिडितहरुलाई राहात र घरबार विहिन भएकाहरुलाई बासको व्यबस्था गर्न तल्लिन रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१