चेन्नई सुपर किङ्ग्स शीर्ष स्थानमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७२, सोमबार १०:४१

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सलाई १२ रनले पराजित गर्दै चेन्नई सुपर किङ्ग्स शीर्ष स्थानमा उक्लिएको छ । ब्रेन्डन म्याक्कुलमको ८१ रनको उत्कृष्ट पारीको मद्दतमा आइतबार घरेलु मैदानमा चेन्नईले पहिले ब्याटिङ गर्दै १५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। पूरा ओभर खेलेको चेन्नईले ५ विकेट गुमाएर उक्त योगफल तयार पारेको हो।

chanचेन्नईका फाप डु प्लेसिसले २९ रन जोडे। ड्वाइने ब्राभोले अविजित १५ रन जोडेको इनिङ्समा कप्तान महेन्द्रसिंह धोनीले अविजित १३ रन बनाए। जवाफमा राजस्थानले पूरा ओभरमा ९ विकेट गुमाउँदै १४५ रन मात्रै बनाउन सक्यो। ओपनर अजिंक्या रहानेले २६ र शेन वाट्सनले २८ रन बनाएर राम्रो सुरुआत गरेका थिए। राजस्थानलाई सस्तैमा समेट्ने क्रममा चेन्नईका रवीन्द्र जडेजाले ४ विकेट लिए । मोहित शर्माले ३ र ड्वेन ब्राभोले २ विकेट हात पारे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१