चार संस्थाको राहत हस्तान्तरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७२, सोमबार १०:२७

बिर्तामोड, २८ बैशाख । नेपाल पत्रकार महासंघ झापाले भूकम्प पीडितका लागि राहतस्वरुप विभिन्न संस्थाबाट प्राप्त रकम जिल्ला दैवी प्रकोप उद्धार समिति झापालाई हस्तान्तरण गरेको छ । पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ , सचिव एकराज गिरी,अग्रज पत्रकारहरु चिन्तामणि दाहाल,गोपाल गिरी सहितको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेललाई ८० हजार ६ सय १० रुपैया राहत स्वरुप हस्तान्तरण गरेका थिए । भूकम्पको महाविपत्तिका बेला नेपाल पत्रकार महासंघ तथा सञ्चारमाध्यमहरुले राहत तथा उद्धारको लागि खेलेको भूमिकाको सरहाना गर्दै विभिन्न संस्थाले पत्रकार महासंघ मार्फत राहत रकम प्रदान गरेको बताइएको छ ।

rahatजिल्ला दैवी प्रकोप उद्धार समिति झापाले उक्त रकम सोझै प्रधानमन्त्री राहत कोषमा पठाउने सहायक प्रमुख जिल्ला अधिकारी कमल बहादुर थापाले बताए । लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडले २७ हजार , गोमेन्द्र बहुमुखी महाविद्यालयले २५ हजार ,शिवसताक्षी–६ झिलझिलेस्थित पशुपति एकेडेमी इङ्लिस स्कूलले २० हजार एक सय ५ रुपैयाँ र योगी नरहरिनाथ स्मृति अन्तर्राष्ट्रिय परिषद् शनिअर्जुनल ८ हजार ५ सय ५ रुपैयाँ राहतका लागि पत्रकार महासंघ झापालाई प्रदान गरेका थिए । झापाका प्रमुख जिल्ला अधिकारी पौडेलले विपतका बेला पत्रकार महासंघ झापा तथा झापाली सञ्चारकर्मी र सञ्चारमाध्यमले खेलेको सकारात्मक भूमिकाको प्रसंशा गर्दै महासंघसहित सहयोग जुटाउने संस्थाहरुलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१