राष्ट्रसंघद्वारा साउदी नेतृत्वको गठबन्धन सेनाको आलोचना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७२, सोमबार ०९:५९

एजेन्सी । संयुक्त राष्ट्रसंघले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा जारी राखेको कारवाहीको आलोचना गरेको छ । गठबन्धन सेनाले राजधानी साना र आसपासका क्षेत्रमा हुथी बिद्रोहीविरुद्ध जारी राखेको आक्रमणले सयौं सर्वसाधारण प्रभावित भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले जनसंख्या धेरै रहेका स्थानहरुमा जथाभावी बम आक्रमण गर्नु अन्तर्राष्ट्रिय कानुन विपरित रहेको भन्दै गठबन्धनलाई चेतावनी समेत दिएको छ ।

iiiiiiiiराष्ट्रसंघका अनुसार यमनमा गठबन्धन सेनाको आक्रमणमा हालसम्म १ हजार ४ सय भन्दा बढीले ज्यान गुमाइसकेको छन् । तीमध्ये आधाभन्दा बढी सर्वसाधारण रहेको राष्ट्रसंघले जनाएको छ ।  यसैबीच, गठबन्धनले गरेको अस्थायी युद्धबिरामको प्रस्तावमा हुथी बिद्रोही सकरात्मक भएको छ । गठबन्धनले मानवीय सहायता भित्र्याउन ५ दिने युद्धबिरामको प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१