अमेरिकी राष्ट्रपति ओबामाले भने-‘भगवान गौतम बुद्ध नेपालकै हुन्’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७२, सोमबार १०:०४

वाशिंगटन डिसी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशको स्वार्थ पूरा गर्न भगवान गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेपछि अमेरिकाले त्यसको कडा प्रतिवाद गरेको छ ।
अमेरिकाको एक पत्रिकाले लेखेको छ, ‘भारतीयहरु नभएको हल्ला बढी गर्छन् । अमेरिकाको प्रख्यात पत्रिका द वासिङ्टन पोस्टले लेखेअनुसार बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको तथ्यलार्इ केही भारतीयहरूले बेला बेलामा बिभिन्न तवारले तोडमोड गरीरहन्छन् । आफ्नो हो भनिरहन्छन् ।’
यो विषयमा पत्रिकाले अमेरिकी राष्ट्रपति बाराक ओबामाको भनाई पनि छापेको छ । ‘राष्ट्रपति ओबामाले भगवान गौतम बुद्ध नेपालमै जन्मिएको र नेपालकै हुन भनेको’ द वासिङ्टन पोस्टले जनाएको छ ।
आफ्नो स्वार्थ पूरा गर्न भारतले बेला बेला नेपाललाई दास जस्तै बनाएर प्रयोग गर्न खोजीरहेको पत्रिकाले आरोपसहितको टिप्पणी समेत लेखेको छ ।
हाल जर्मनीमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सुरक्षा समितिको स्थायी सदस्य भारतले पाउनुपर्ने भन्दै महात्मा गान्धि, भगवान गौतन बुद्ध जन्मिएको शान्तिको प्रतिक देश भारतको भएको भनाई सगौरवका साथ राखेका थिए ।
यस्तो छ द वाशिङटन पोष्टले छापेको समाचार पढ्नुहोस् :-

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१