चेल्सी र लिभरपुल बराबरीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७२, सोमबार ०९:५५

इङ्गलिश प्रिमियर लिग च्याम्पियन चेल्सीले लिभरपुलसँग १-१ गोलको बराबरी गरेको छ । अघिल्लो हप्ता लिग उपाधि सुरक्षित गरेको चेल्सीले हिजो आफ्नै मैदानमा सम्पन्न खेलमा लिभरपुलसँग बराबरी खेलेको हो । खेलमा चेल्सीका जोन टेरीले पहिलो गोल गरेपनि दोस्रो हाफमा लिभरपुलका स्टेभेन जेरार्डले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् । यो बराबरीसँगै लिभरपुलको शिर्ष चारमा पर्ने संभावना सकिएको छ । लिगमा दुई खेल मात्रै बाँकी छँदा लिभरपुल चौथो स्थानको म्यान्चेस्टर युनाईटेडसँग ६ अंकले पछाडी छ ।

leaberलिग अन्तर्गत हिजो भएको अर्को खेलमा म्यन्चेस्टठर सिटीले क्विन्स पार्क रेन्जर्स क्युपिआरलाई ६-० ले हराएको छ ।
खेलमा सिटीलाई विजयी गराउन सर्जीयो अगुएरोले ह्याट्रिक गरेभने अलेक्जेन्डर कोलारोभ, जेम्स मिल्नर र डेभिड सिल्भाले एक एक गोल गरे । गएरातीका खेलहरुपछि अंक तालिकामा लिग च्याम्पियन चेल्सीको ३६ खेलबाट ८४ अंक छ भने समान खेलबाट ७३ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो तथा दुई खेल कम खेलेको आर्सनल ७० अंकबाट तेस्रो स्थानमा छ । ३६ खेलबाट ६८ अंक जोडेको म्यान्चेस्टर युनाइटेड चौथो स्थानमा रहँदा समान खेलबाट ६२ अंक जोडेको लिभरपुल पाँचौ स्थानमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१