बैशाख १२ गते नेपालमा गएको विनाशकारी महाभूकम्पका कारण हजारौंले ज्यान गुमाएको र हजारौं घाईते भएको अबस्थामा हाँस्य कलाकार सीताकाम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले भने भूकम्प पिडितहरुको दुखलाई आफ्नो सम्झिदैं नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ र ललितपुर जिल्लामा राहत वितरणको कार्य सम्पन्न गरि अन्य जिल्लामा पनि राहात वितरण कार्यक्रममा सहभागी भएका छन् । एक सातादेखि हरेक दिन उनीहरु राहत र उद्धारमै सक्रिय छन् । भूकम्प पिडितहरुलाई राहात वितरण गर्दै हाँस्य कलाकार सिताराम कट्टेल भन्छन्, ‘एक छाक पनि खान नपाउँदा कस्तो पीडा हुन्छ भन्ने कुराको मलाई राम्रो अनुभव छ ।’
त्यस्तैं हाँस्य कलाकार कुञ्जना घिमिरेले भनिन् ‘हामी अहिले सगुन डटकम, गणेशमानसिंह हस्पिटल, जीवन विज्ञान समूह लगायतका संस्थाको सहकार्यमा भूकम्प पीडितलाई राहत वितरण घाइतेहरुको उद्धार कार्यत्रmमा ब्यस्त बनेका छौँ ।’ भद्रगोलका कलाकार हरी निरौला ‘कक्रोज’ कुमार कट्टेल ‘जिग्री’ मेरी बास्सैका कलाकार गोपाल लामा कार्की दाई समेत राहत वितरणका लागि उत्तिकै खटेका छन् । धुर्मुुसले भूकम्प पीडित जिल्लामा राहत वितरणको कार्य सकेपछि त्यहाँ उनीहरुका लागि ओछ्याउने म्याट, चर्पी र औषधीका साथै सरसफाई अभियानलाई समेत तिव्रता दिइने बताए । केहि महिना अगाडी नेपाल सरकारले सरसफाई दुत बनाएको हाँस्य कलाकार सीताकाम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले भूकम्प पिडितलाई राहात वितरणसगैं सरसफाई अभियानलाई पनि साथ साथ अगाडी बढाएका छन् ।
प्रतिक्रिया