शोधकर्ताहरुले ‘यो असली आवश्यकता’ माथि प्रकाश पार्दै भनेका छन्–कम अन्तरालमा सेक्स गर्दा (हप्तामा कम्तीमा तीनपटक) मानिसको उमेर उसको वास्तविक उमेरको तुलनामा कम देखिने गर्दछ । उनीहरुका अनुसार सेक्स क्रियामा रम्नु कसरतरत हुनु समान हो। किनभने सेक्स गर्नु शारीरिक गतिविधि अर्थात कसरत श्रेणीमा पर्दछ ।परिणमतः अनुहारमा निखार आउँछ र शरीरको सम्पूर्ण छालामा कसिलोपन बन्छ ।
शोधकर्ताहरुले यस विषयमा एउटा दिशानिर्देशन पनि गरेका छन्। त्यो हो प्रेमपूर्ण आलिंगन, चुम्बन, एकनिष्ठ सेक्स अर्थात श्रीमतीसँग मात्र सेक्स गर्दा यसबाट आफूले चाहेको परिणाम प्राप्त हुने गर्दछ । किनभने एकतर्फ यताउता गएर यौन रोगबाट संक्रमित हुने खतरा रहँदैन भने अर्कोतर्फ कुनै पूर्वतयारी गरिएको सेक्सले तनाव मेटाउने गर्दछ ।
यसका साथै लुकेर डराएर गरिने सेक्सले त्रास र भय बढाउने गर्दछ । जसले मानसिक तथा शारीरिक रुपमा स्वास्थ्यमा खराब असर पार्दछ । परिणमतः बुढो हुने प्रक्रिया तिब्र रुपमा बढ्दछ । त्यसैले भयमुक्त सेक्स क्रिया आवश्यक छ त्यो श्रीमतीसँग मात्र सम्भव रहेको अध्ययनको ठहर छ ।एजेन्सी
प्रतिक्रिया