पिसिएल नर्सिङ पहिलो वर्षको नतिजा सार्वजनिक,अधिकांश अनुत्तीर्ण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ बैशाख २०७२, आईतवार १२:०८

रिजल्ट हेर्न यो लिंकमा क्लिक गर्नुहोला 

काठमाडौं– प्राविधिक शिक्षाम तथा व्यवसायिक तालिम परिषद् (सटिइभिटीले) २०७१ साल असोजमा लिएको पिसिएल नर्सिङ पहिलो वर्षको परीक्षामा ५५ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । परीक्षाफल शुक्रबार सार्वजनिक भएको हो ।
देशभरिका ९७ कलेजबाट ३५ सय विद्यार्थीले परीक्षा दिएकोमा १६ सय ०२ जना मात्र पास भएका छन् । ३ वटा कलेज शुन्य, ४ वटा कलेजका एक–एकजना विद्यार्थीमात्र पास भएका छन् । सेती महाकाली नर्सिङ क्याम्पस भिदत्तनगर कन्चनपुर, छिन्नमस्ता एजुकेशन एकेडेमी, सप्तरी र चितवन एकेडेमी फर टेक्निकल एजुकेशन, चितवनका सबै विद्यार्थी फेल भएका छन् । यसैगरी ओएसिस मेडिकल कलेज चितवन, ओम समाज शैक्षिक प्रतिष्ठान काठमाडौं, श्री मेडिकल एण्ड टेक्निकल कलेज, चितवन र तानसेन नर्सिङ स्कुल पाल्पाका एक÷ एक जना मात्र उत्तीर्ण भएका छन् । यी सबै कलेजले ४० जनाका दरले विद्यार्थी भर्ना गरेका थिए ।
ह्याम्स नर्सिङ कलेज बुद्धनगर काठमाडौंबाट परीक्षा दिने ३० मध्ये २ जना र नेसनल मेडिकल कलेज वीरगन्ज नर्सिङ क्याम्पसबाट ४० जना मध्ये २ जना मात्र उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१