भुँइचालो पीडित दुई सय बढीको शल्यक्रिया

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ बैशाख २०७२, आईतवार ११:४७

चितवन, २७  वैशाख  । भूकम्पबाट घाइते भएका चितवन र अन्उ जिल्लाबाट यहाँ आएका दुई सय ७६ जनाको शल्यक्रिया गरिएको छ । भरतपुरस्थित दुईवटा सरकारी अस्पताल, दुई वटा शिक्षण अस्पताल र नौ वटा निजी अस्पतालमा ती घाइतेको शल्यक्रिया भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका अस्पतालले छ सय २९ भूकम्पका घाइतेको उपचार गरिसकेका छन् । उपचारपछि चार सय ७४ जना घर फर्केका छन् ।

भूकम्पमा परी चितवनमा ९५ जना घाइते भएका थिए भने आठ जनाको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१