आशा यतिखेर राहत बितरण र उद्धार कार्यमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ बैशाख २०७२, आईतवार ११:२६

s2काठमाडौँ ,२७ बैशाख ।   युवाहरुको लोकप्रिय सोएम्सेबि संस्था आशा यतिखेर राहत बितरण र उद्धार कार्यमा खटिएको छ । बैशाख १२ मा गएको बिनासकारि भुकम्पमा परी जन धन र सब्थोक गुमाएका ब्यक्ति हरुका लागि आशा ले राहत बितरण गरिरहेको र उद्धार कार्यमा नेपाल स्काउटलाई सहयोग गर्दै आएको संस्थाका अध्यक्ष सुदर्शन बजगाँईले बताउनु भयो । हामीले नगरे कसले < अहिले नगरे कहिले < यहाँ नगरे कहाँ < भन्ने भाबना भएका युवाहरुले स्थापना गरेको आशा ले नुवाकोट को पर्यटकिय गन्तब्य ककनीमा राहत सामाग्री बितरण गरेको संस्था ले जनएको छ।  २० घर लाई हुनेगरी १२०० प्याकेट चाउ चाउ ६०० प्याकेट बिस्कुट २० प्याकेट  नुन २० प्याकेट  मसेउरा ,२० प्याकेट  दाल्मोठ, २ बोरा चीउरा र केही आन्य सामाग्री बितरण् गरेको थियो । सो सामाग्री को सहयोग पुष्कर कुमार मन्डल ,राजकुमार कार्की ,असोक श्रेष्ठ, सुश्मा चेम्जोङ सुप्रग्या लामा लगयताले बेहर्नु भएको थियो । सो ठाउँमा निसुल्क स्वास्थ्य सिबिर र औषधी समेत बितरण् गरिएको थियो ।  सो संस्थाले आलपोटको दालित बस्ती र सिन्धुपाल्चोकको सिन्धुकोटको मिजार गाउमा पनि राहत बितरण् गरेको थियो। एक नेपाली अर्को लेपाली को लागि सहयोग गर्न तत्पर हुनुपर्ने र हामी सबै ले एक आर्कालाई  सहयोग  गरे मात्र दुखेको घाऊमा मलम लाग्ने सो संस्थाका अध्यक्ष सुदर्शन बजगाँईले फेवाटाईम्सलाई बताउनु भयो।ईनै सुदर्शन बजगाँई हुन जसले लाखौ रकम उद्धारकार्यमा भेटेर बुजाएका थिए । s1

रबि भट्टराई

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१