रामेछापको मन्थलीमा स्थानीय समुहबाटै राहत सामाग्री लुटियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ बैशाख २०७२, आईतवार ०९:१५
रामेछाप ,२७ बैशाख । भूकम्प पीडितका लागि बाँड्न लगिएको अन्नपूर्ण राहत अभियानको खाद्य सामग्री शनिबार अपरान्ह रामेछापको मन्थलीमा लुटिएको छ ।
राहतस्वरुप लगिएको खाद्यान्न मन्थली नगरपालिका–६ अर्चलेमा भूकम्पले घर नभत्केका नवलपुरका स्थानीयको समूहले लुटेर लगेको हो ।
भूकम्प पीडितलाई बाँड्न लगिएको १७ बोरा चामल र १० बोरा अन्य खाद्यान्न लुटिएको मन्थली निवासी भूकम्प पीडितले बताए ।
‘काठमाडौंबाट भूकम्प पीडितलाई बाँड्न अन्नपूर्ण पोस्ट्द्वारा सञ्चालित अन्नपूर्ण राहत अभियानले पठाएको १७ बोरा चामल र अन्य लायन्स क्लबले पठाएको १० बोरा खाद्यान्न घर नभत्केका नवलपुरका स्थानीयले लुटेर लगे’, भट्टराईले भने, ‘राहत बाँडिरहेका बेला प्रहरीकै अगाडि घरेलु हतियार देखाएर हामीलाई मार्ने धम्की दिँदै खाद्यान्न लुटे ।’

बन्चरो र खुकुरीसहितका घरेलु हतियार लिएर आएका घर नभतकेका गाउँलेको समूहले राहत लुटिरहँदा सुरक्षामा खटिएको प्रहरी रमिते बनेको पीडितहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१