खेलाडी संघ, महर्जन तथा पर्वतारोही संजयद्वारा राहत वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ बैशाख २०७२, शुक्रबार १४:५७

rahat

काठमाण्डु, २५  वैशाख– नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ, राखेपका पूर्व कोषाध्यक्ष तथा अन्तराष्ट्रिय कराँते खेलाडी मिनकृष्ण महर्जन र किर्तिमानी विश्वआरोही एवं अल्ट्धावक संजय पंडितको संयुक्त प्रयासमा भूकम्पको चौथो दिन बाटै ललितपुर, काठमाण्डु तथा सिन्धुपाल्चोकका दर्जनौं ठाउँमा राहत प्रदान गर्दे आएको छ छ ।यसै क्रममा बिहीबार ललितपुरको दल्लु गा.बि.स वडा नं ६,७,८,९ करिब १७० घरलाई दाल चामल तथा अत्यावश्यक घरयासी सामानहरु प्रदान गरेको छ ।राहत वितरण कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक विष्टले वास्तविक भूकम्प पिडितहरुलाई आफै सहभागी भएर वितरण गर्न पाउँदा खुसी भएको कुराको व्यक्त गर्दै केहि हद सम्म भए पनि राष्ट्रिय तथा अन्त राष्ट्रिय खेलाडी संघले पिडितहरको पिडामा मलम लगाउने काम गरेको बताए । राखेपका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनले राहत वितरण अबको योजना काठमाडौं, ललितपुर तथा सिन्धुपाल्चोकका विकट गाउँहरुमा रहने जनाए । त्यस्तै विश्वआरोही एवं अल्ट्र«ाधावक संजय पण्डितले देशले हामीलाई यो हैसियतमा पु¥यायो, आज देश रोहिरहेको बेलामा आ–आफ्नो ठाउँबाट जे जति हुन्छ सहयोग गरिदिएर दुखेको नेपालीको घाउमा केहि भएपनि राहत पुग्ने कुरा व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघका उपाध्यक्ष केदारेश्वर स्थापित महा–सचिब दिपक श्रेष्ठ, टेबुल टेनिस खेलाडी शिवसुन्दर गोथे, लोकेन्द्र बस्नेत लगाएतको सहभागिता थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर १३, २०८१