काठमाडौं,२५ बैशाख । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री सुशील कोइरालालार्इ भेटी राष्ट्रिय संयुक्त सरकार गठनको माग गरेका छन् ।
भूकम्प प्रभावित जिल्लामा देशका सम्पूर्ण सभासदहरुलाई परिचन गर्न समेत पनि ढकालले आग्रह गरेका छन् ।
पीडितहरुलाई तत्काल जस्ता पाता उपलब्ध गराई अस्थाई रुपमा समस्या समधान गर्ने र दिर्घकालीन रुपमा भूकम्प निरोधक घर निर्माण गरिदिने योजना सरकारले ल्याउनु पर्ने उनको माग थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ढकालले मुलुकमा महा-बिपत्ति आइपरेको, संविधान लेखनको काम बाँकी रहेको र महाभूकम्प पश्चात महामारी फैलिन सक्ने तथ्य समेत मध्यनजर गरी सबै राजनीतिक दल एकजुट भएर समस्याको सामना गर्न राष्ट्रिय सरकार गठन भए राम्रो हुने बताए ।
प्रतिक्रिया