काठमाडौँ,२५ बैशाख । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा शुक्रबार बिहानै भूकम्पको धक्का महसुस भएको छ। विनाशकारी भूकम्प गएको १४ दिनका दिन बिहानै भूकम्पको धक्का महसुस भएको हो।
बिहान ६ बजेर १७ मिनेटमा दोलखा र सिन्धुपाल्चोकको सिमानालाई केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूटको भूकम्प गएको
राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
यसअघि बिहान २ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकमै केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
प्रतिक्रिया