मेरिबास्सैका लोकप्रिय कलाकार मुला साग अर्थात् सुरेन्द्र केसीको दैनिकी आजकल टेलिभिजनको पर्दा अनि छायांकनमा हैन भूकम्प पिडितको दैलो दैलोमा बित्छ । धेरै जसो विभिन्न महोत्सव तथा हास्य कार्यक्रममा भेटिने केसी हेर्दा हँसमुख छन् तर उनको मन त्यसले मात्र बुझेको छ जसले उनको कर्म देखेको छ ।
भूकम्पको धक्का रोकिने क्रम सकिएको थिएन तर उनि राहत बोकेर गाउ बस्ति डुल्न लाग्दा परिवारका सदस्य पनि उनलाई गालि गर्थे । उनको परिवार ,नातागोता अनि आफन्त पनि भूकम्प पिडित छन् तर उनी राहत बोकेर नाग्लेभारे उँभो लागे । थोरै भए पनि त्यहाका जनताको मनमा मलम लगाए ।
कहिले मृतकका नाममा दीप प्रज्वलन गर्दै भेटिन्छ त उनलाई कहिले फलानो ठाउमा राहत पुगेन भन्दै हारगुहार गरिरहेका हुन्छन । कलाकार राष्ट्रका गहना त हुन् नै तर यस्तो विपतका समयमा कलाकारले देखेको हिम्मतले साच्चै नै गर्व बोध पनि हुने गर्दछ ।
प्रतिक्रिया