नेपाल र भारत भिड्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ जेष्ठ २०७१, शुक्रबार १५:१८
काठमाडौं,२ जेष्ठ  । तेस्रो दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिप (साबा)मा आज नेपाल र भारत भिड्दैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा दिउँसो सवा २ बजे सुरु हुने खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ ।प्रतियोगितामा एक खेलमा जित र एकमा हार बेहोरेको नेपाल उपाधि जित्ने सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाब छ ।उता, लगातार दुई खेल जितेको भारत भने आज तेस्रो जित हासिल गर्दै उपाधि नजिक पुग्न चाहन्छ । प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सलाई हराएको नेपाल दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।

यसैगरी, भारतले पहिलो खेलमा बंगलादेश तथा दोस्रोमा श्रीलंकालाई हराएको थियो । दक्षिण एसियाका ५ टोली सहभागी प्रतियोगिताबाट फिबा एसियन च्याम्पियनसिप र फिबा एसिया कपमा सहभागी हुन पाउने टोलीको टुंगो लाग्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१