बर्दियामा पाटेबाघको छाला र हड्डीसहित एक जना पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ बैशाख २०७२, बुधबार ११:५३

घरमा लुकाएर राखेको अवस्थामा पाटेबाघको छाला र हड्डी सहित एकजना लाई क्षेत्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रहरीले बर्दिया बाटे पक्राउ गरेका छन । विशेष सुराकीको आधारमा गएको क्षेत्रिय अनुसन्धान ब्यूरो (सिआईबी) प्रहरीले रामजस बन्जाराको आफ््नै घरबाट बाघको छाला र हड्डी बरामद भए पछि उनलाई पक्राउ गरिएको हो । क्षेत्रिय अनुसन्धान ब्यूरो (सिआईबी) नेपालगञ्जको टोलीले बर्दिया मगरागडीका ६० वर्षिय रामजस बन्जारालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी बन्जारा लाई सार्वजानिक गरेको हो । प्रहरी नायव उपरीक्षक अशोक सिंहले भने बन्जारालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाउने बताए । बरामद छाला र हड्डी भने जिल्ला वन कार्यालयको जिम्मा लगाईने प्रहरी स्रोतले जनाएको छ । छिमेकी मुलुक भारतको खुल्ला बोर्डर भएका कारण कारोबारीहरुलाई भारत निकासिमा सहज हुने भएकाले बांके , बदिर्या र कैलाली नाका प्रयोग हुने गरेको सिंहले बताए । पक्राउ परेका बन्जाराले भने आफु भरियामात्र भएको भन्दै चौधरी थरका एकजनाले १५ हजार दिएर भारत लैजान भनेको बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१